/ खुम्बुमा बिकास निर्माणका समाग्री अकाशबाटै ढुवानी | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बुमा बिकास निर्माणका समाग्री अकाशबाटै ढुवानी

खुम्बुमा सडग राम्रो नहुदा बिकाश निर्माणका समाग्री ढुवानी महङ्गो पर्न गएको छ । खम्बु पासाङ्लामु गाउँ पालिका को आर्थिक बर्ष २०७४/७५ को योजना अन्तर्गत गाउ पालिकाको वडा नं -३ मा पर्ने घाट(युल्ङिङ), ठाडोकोशी, तेका, ल्हवा र छुठावामा खानेपानी निर्माण योजनाको सामग्री निर्माण स्थल सम्म हेलिकप्टरबाट ढुवानि गर्ने कार्य सम्पन्न भएको हो । गाउ पालिका बाट पच्चीस लाख रूपैया बिनियोजन भएको उक्त योजना सम्पन्न गर्न Kadoorie Agricultural Aid Association KAA र British Gorkha Nepal BGN सँग साझेदारी गरीने खुम्बु पासाङ्लामु गाउँ पालिका वडा नं तीन का वडाध्यक्ष मिङमा छिरी शेर्पा ले बताउनु भयो । अहिले निर्माण कार्यलाई आवश्यक पर्ने सबै सामाग्री निर्माण स्थल सम्म पुगिसकेको छ सडक सञ्जालले गाउ पालिकालाई नजोडिएको कारण सम्पूर्ण सामाग्री टाक्सिन्दु सम्म गाडीमा ल्याई त्यहाबाट सिम्रीक एयर को हेलिकप्टर मार्फत ढुवानी गरिएको खानेपानि निर्माण समितीको सचिव आङ नुरू शेर्पालाई उदृडढ गर्दै गाउ पालिकाको प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बताउनु भयो । यो योजना यहि आर्थिक बर्ष भित्रै सक्ने लक्ष्य रहेको छ । त्यसै गरि खुम्बु गाउपालिकाले सडगलाई विशेष प्रथामिकतामा राखेर योजना अगाडि बढाई रहेको छ ।

आर्थिक वर्ष: