/ खुम्बु पासाङल्हामु गाउँपालिकाको ऐतिहासिक दोस्रो गाँउ सभा सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँपालिकाको ऐतिहासिक दोस्रो गाँउ सभा सम्पन्न

 

आज मिति २०७४ चैत्र १५ गतेका  दिन यस खुम्बु पासाङल्हामु गाँउ पालिकाको दोस्रो गाँउ सभा ऐतिहासिक रुपमा सम्पन्न भएको छ। दोश्रो गाँउ सभामा हिजो मिति २०७४  चैत्र १४ गते बसेको गाँउ कार्यपालिकाको 

बैठकले निर्णय गरि पेश गरेको प्रस्तावहरु उपर छलफल गरि पारित गरियो । यस सभा बाट निम्न विषयहरु पारित गरियो ।

(क) कार्यपालिकाले निर्णय गरेका निम्न कानुनहरु पारित गरियो ।

    (१)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको कार्य विभाजन नियमावली, २०७४ 

    (२)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको कार्य सम्पादन नियमावली, २०७४ 

    (३)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली, २०७४ 

    (४)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको गाँउ कार्यपालिकाको बैठक संचालन कार्यवीधि, २०७४ 

    (५)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको गाँउ सभा बैठक संचालन कार्यविधि, २०७४

    (६)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको पर्यटक प्रवेश शुल्क ब्यबस्थापन कार्यविधि, २०७४

     (७) खुम्बु पासाङल्हामु गाँउ पालिकाको प्रकोप ब्यबस्थापन कोष कार्य योजना विनियम, २०७४

     (८)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको मर्मत सम्भार कोष परिचालन कार्य विनियम, २०७४

     (९)  खुम्बु पासाङल्हामु गाँउ पालिकाबाट गरिने सिफारिश लगायत ढाँचा कार्यविधि, २०७४ 

    (१०)  खुम्बु पासाङल्हामु गाँउ पालिकाको शिक्षा नियमावली, २०७४ 

     (११)  खुम्बु पासाङल्हामु गाँउ पालिकाका पदाधिकारि तथा कर्मचारीहरुको आचार संहिता, २०७४ 

(ख) कार्यपालिकाको दोश्रो देखि नवौं सम्मको बैठकले गरेको सबै  निर्णयहरु अनुमोदन गरियो । निर्णयको संक्षिप्त विवरण यस प्रकार छ ।

  • न्यायिक समिति लगायत विभिन्न विषयगत समितिहरु गठन ।
  • नाङपाला नाका खोल्न सम्बन्धित निकायमा पहल गर्ने ।
  • भवन तथा बाटो निर्माणको मापदण्ड निर्माण गर्ने भवन निर्माण गर्न नाक्सा पास अनिवार्य गर्ने ।
  • IT विकाश तथा बिस्तारको लागि दुरसंचार लगायतका कम्पनि हरुसंग  समन्वय गर्ने ।
  • सेवा करारका कर्मचारीहरुको पदपूर्ति गर्ने ।
  • गाँउ पालिकाको केन्द्र वडा नं ३ क्याङमामा राख्ने र केन्द्र स्थापना गर्नको लागि जग्गा ब्यबस्थापन समिति गठन गर्ने ।
  • आन्तरिक राजस्व सेवा केन्द्र गाँउ पालिका क्षेत्र भित्रै माग गर्ने । 
  • जग्गा ब्यबस्थापन  केन्द्र स्थापना गर्नको लागि जग्गा ब्यबस्थापन समितिले दिएको निर्णयको आधारमा जग्गा खरिद योजना स्वीकृत गर्ने ।
  • ट्रेकिङ्ग गाइड तालिम संचालन गर्ने ।
  • ट्रेकिङ्ग गाइड एवं भरिया मजदुरको लागि दर्ता रजिस्टर वडा नं २ को कार्यालयबाट गर्ने र उनीहरु पर्यटक संग सम्बन्धित पेशामा आबद्ध  रही काममा जाँदा बिरामी भएमा रु- ५०,०००/- सम्म औषधि उपचार खर्च र कारणबस मृत्यु भएमा रु- १,००,०००/- सम्म क्ष्यतिपूर्ति दिने ।
  • भरियाहरुको लागि लोबुचे, गोरकसेप र गोक्योमा आवास गृह (Poter Shelter) निर्माण गर्ने ।
  • भरियाहरुको लागि Clothing Bank संचालन गर्ने ।
  • खरिखोला र लुक्लामा आकर्षक स्वागत गेट बनाउने 
  • गाउ पालिकाको लोगो स्वीकृत गर्ने 
  • लुक्ला देखि सगरमाथा आधार शिविर EBC सम्म  Everest Trekking Trail को रुपमा आकर्षक बाटो निर्माण गर्ने जस्मा CC TV Camera, मौसम सम्बन्धि जानकारी, शौचालय, बिश्राम स्थल जस्ता सुविधा राखिने 
  • वडाले संकलन गरेको आन्तरिक श्रोतको ४०% रकम वडाकै निर्णयले योजना संचालन गर्न दिने ।
  • गाउ पालिका केन्द्र सम्म सडक संजाल जोड्ने ।
  • सम्बोटा लिपिलाई गाउ पालिकाले प्रयोग गर्ने ।
  • खुम्बु पासाङ ल्हामु गाउ पालिकाको सबै क्षेत्रलाई (वडा न १ समेत ) दुर्गम क्षेत्र बनाउन ।
  • खुम्बु पासाङ ल्हामु गाउ पालिकाको सबै विधालय हरुको शैक्षिक क्यालेन्डर, पाठ्यपुस्तक, परिक्षाप्रणाली,  English Medium, संचालन लगायतका विषयलाई एकरुपता दिने ।

  (ग)  विनियोजन ऐन. २०७४ संसोधन गरि रु- ४ करोड ३५ लाख थप गर्ने निर्णय गरियो उक्त रकम पर्यटक प्रवेश शुल्क बाट प्राप्त आयबाट खर्च गरिने निर्णय गरियो ।

         थप योजनाहरु यस प्रकार छन् 

  • गाँउ पालिकाको केन्द्र स्थापनाको लागि  जग्गा  खरिद योजना 
  • आन्तरिक श्रोत वृद्धि गरिने कार्यक्रम 
  • भरियाहरुको लागि न्यानो कपडा केन्द्र  (clothing bank)  स्थापना 
  • ट्रेकिंग गाइड तालिम संचालन 
  • ट्रेकिंग गाइड तथा भरियाहरुको लागि दैवी प्रकोप कोष स्थापना 
  • पर्यटक प्रवेश शुल्क उठाउने कार्य लगायतका प्रशाशनिक खर्च 
  • परामर्श सेवा (गाँउ पालिकाको गुरु योजना (master plan), भवन निर्माण डिजाइन, सडक संजाल तथा ट्रेकिंग ट्रायल निर्माणको Detail Project Report DPR  तयार  गर्ने )
  • भरिया आवास गृह (Porter Shelter) निर्माण 
  • मेशिनेरी औजार खरिद 
  •  SPCC  को लागत सहभागितामा सगरमाथा लगायत विभिन्न हिमालहरुको सरसफाई योजना 

 

 

 

आर्थिक वर्ष: