/ खरिखोला मगर समाजको घडेरि ब्यबस्थापन तथा भवन निर्माणका कार्यको शिलान्यास | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खरिखोला मगर समाजको घडेरि ब्यबस्थापन तथा भवन निर्माणका कार्यको शिलान्यास

खरिखोला मगर समाजको घडेरि ब्यबस्थापन तथा भवन निर्माणका लागि खुम्वु पासाङ्ल्हामु गा.पा. बाट बिनियोजित रकम रु.१५,00,000/- अक्षरि ( पन्ध्र लाख )को भवन निर्माण कार्यको शिलान्यास खु.पा.गा.पा.वडा न १ का वडा अध्यक्ष ङिमा दोर्जी शेर्पाको प्रमुख आतिथ्य तथा सस्थापक अध्यक्ष प्रेम ब. थापाको बिशिस्ट आथिथ्य र बिशिस्ट सल्लाहकार मोति प्रसाद रानामगरको आतिथ्यमा शुरूवात गरिएको छ ।
बौद्ध परम्परानुसार लामाद्वारा पुजापाठ गरि आजबिहानको ९:१५ को उत्तम साइतमा उक्त शिलान्यास गरिएको हो । समाजको लागि करिब १० रोपनी जग्गा सुलभ मुल्यमा प्रदान गर्नु हुने उसन कुमार मगरको परिवारलाइ समेत हार्दिक धन्यवाद ब्यात्त गर्दछौ । साथै सो स्थान सम्म पुग्नको लागि स्थायी १० िफट बाटो नि:शुल्क प्रदान गर्नु हुने खरिखोला निबाशी मोहन कुमार रानामगर र अङ्क रानामगरलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
ब्यास्त समयको वावजुद उपस्थित हुनु भएकोमा वडा अध्यक्ष ज्यु प्रती हार्दिक अभार प्रकट गरदै उक्त रकम बिनियोजन गर्नु भएक्कोमा गा. पा. पारिवार प्रती मुरिमुरी धन्यवाद !

यो घडीसम्म प्रत्यक्ष , अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्णम हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

आर्थिक वर्ष: