FAQs Complain Problems

 

 

ट्रेकिङ गाईड तालिम हुने सम्बन्धि सूचना !!!

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा यहि मिति २०७४ फाल्गुन १७ गते देखि २०७४ चैत्र १ गते (March 1st 2018 to March 15th 2018) सम्म खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं तीन नाचिपाङ मा ‭ट्रेकिङ गाईड तालिम सञ्चालन हुन गई रहेकोले तपशिलका सर्तमा रहि यहि मिति २०७४ साल फाल्गुन १५ गते कार्यलय समय भित्र खुम्बु पासाङल्हामू गाउ कार्यपलिकाको कार्यलय नाचिपाङमा आवेदन दिन हुन अनुरोध छ

तपशिल :

१) तालिममा सहभागि हुनको लागि खुम्बु पासाङल्हामू गाउ पालिकामा स्थाई बसोबास गर्ने नेपाली नागरीक हुनुपर्नेछ

२) उमेर १६ बर्ष पुरा भई ४५ बर्ष ननागेको हुनुपर्नेछ।

३) पहिलो चरणको तालिममा खुम्बु पासाङल्हामू गाउ पालिकाको प्रत्येक वडाबाट बढीमा दश जनाको दरले पाँच वटा वडाबाट पचास जना मात्र सहभागी गराईनेछ ।

४) सहभागिहरूले आफ्नो वडाको वडाध्यक्ष बाट अनिवार्य रूपमा सिफारिश ल्याउनु पर्नेछ ।

५) लामो समय ट्रेकिङ पेशा मै आवद्ध रहेको तर शैक्षिक योग्यता नपुगेर तालिम लिन नसकेका , पिछडिएका वर्ग र महिला हरूलाई विशेष प्राथमिकता दिईनेछ ।

६) सहभागिहरूले खाने बस्नेको ब्यबस्था आफैले गर्नुपर्नेछ तर तालिम शुल्क भने गाउ पालिकाबाटै उपलब्ध गराईनेछ ।

७) तालिम अवधिभर तीन दिन भन्दा बढी उपस्थित नहुने हाज़िर नहुने सहभागिले सर्टिफिकेट र लाईसेन्स प्राप्त गर्ने छैन ।

पेश गर्नु पर्ने कागजातहरू :
१) नेपाली नागरिकता प्रमाण पत्रकों प्रतिलिपि एक प्रति

२) सम्बन्धित वडा कार्यलयको शिफारीस

३) पासपोर्ट साईजको फोटो दुई प्रति

सिफ़ारिश को लागि :
वडा नं १ वडाध्यक्ष ङिमा दोर्जि शेर्पा ‭9851036115‬

वडा नं २ वडाध्यक्ष आङ फुर्वा शेर्पा ‭9851096380‬

वडा नं ३ वडाध्यक्ष मिङमा छिरी शेर्पा ‭9808952510‬

वडा नं ४ वडाध्यक्ष लक्ष्मण अधिकारी ‭9803608342

वडा नं ५ वडाध्यक्ष छिरीङ पेन्जो शेर्पा ‭9818478726‬

थप जानकारीको लागि :
ङिम दोर्जी शेर्पा(9851054850)
अध्यक्ष खुम्बु पासाङल्हामू गाउ पालिका

सुरथ पोखरेल ‭(9851160541‬) प्रमुख प्रसासकिय अधिकृत खुम्बु पासाङल्हामू गाउ पालिका

आर्थिक वर्ष: