/ माप्य खुम्बु मितेरी ट्रस्ट ब्रिज निर्माण कार्यको सिलान्यास सु सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

माप्य खुम्बु मितेरी ट्रस्ट ब्रिज निर्माण कार्यको सिलान्यास सु सम्पन्न

माप्य खुम्बु मितेरी ट्रस्ट ब्रिज निर्माण कार्यको सिलान्यास सु सम्पन्न भएको छ । माप्य दुधकोशी गाउ पालिका वडा नं १ र २ स्थित दुधकोशि नदिमा बन्न लागेको मोटरेवल ट्रस्ट ब्रिजको निर्माणकार्यको आज स्थानिय परम्परा अनुसार बौद्ध धर्म र हिन्दु धर्मको दुवै विधिबाट पुजा गरी सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सांसद माननिय हेम कुमार राई सुरविर र प्रदेश सभा सांसद माननिय बुद्धि कुमार राज भण्डारी ज्यु बाट सिलान्यास गरिएको हो । पुल निर्माण गर्न खुम्बु पासाङल्हामु गाउपालिका र माप्य दुधकोशी गाउपालिका बाट संयुक्त लगानि गर्ने गरी सम्झौता भै सकेको छ भने प्रतिनिधि सभा सांसद माननिय हेमकुमार राई सुरविर को सांसद कोषबाट नब्बे लाख रूपैंया र प्रदेश नं १ बाट दुई करोड रूपैया बिनियोजन गरिने भएको छ । पुल निर्माण गर्न कुल जम्मा आठ करोड चौतीस लाख अस्सी हजार रूपैयाको ठेक्का सम्झौता भएको छ ।

आर्थिक वर्ष: