/ योजना अन्तिम मुल्याङकन , अन्तिम बिल भुक्तानी तथा फरफारक | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

योजना अन्तिम मुल्याङकन , अन्तिम बिल भुक्तानी तथा फरफारक

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
इनजिनियर
सेवा दिने कार्यालय: 
खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क, सोलुखुम्बु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 
क्र.स. तेस्रो वा अन्तिम किस्ता (Final Bill) को लागि आवश्यक कागजात:
सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्राविधिक शाखाबाट कार्य सम्पन्न प्रतिवेदन ।
डोर हाजिरी, बिल, भर्पाइ (कार्य सम्पन्न प्रतिवेदन अनुसार हुनुपर्ने) सिमेन्ट, रड जस्ता निर्माण सामाग्री र खानेपानी सम्बन्धी निर्माण सामाग्रीहरुको VAT बिल हुनुपर्ने यदि VAT बिल नभएमा बिल बराबरको १३% कर कार्यालयबाट काटिनेछ ।
टोल विकास संस्थाको माइनुट, सार्वजनिक सुनुवाईको माइनुट,(सार्वजनिक सुनुवाइमा उक्त आयोजनाबाट लाभ लिने सम्पुर्ण लाभग्राहीको उपस्थिति हुनुपर्ने) अनुगमन समिति बैठकको माइनुट,खर्च सार्वजनिकीकरण फाराम।
गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन ।
आयोजनाको फोटो (काम सुरु हुनु अगाडीको, काम हुदै गर्दाको र काम सम्पन्न भए पछिको )
अन्तिम किस्ता भुक्तानीको लागि निवेदन (टोल विकास संस्थाको तर्फ बाट गा.पा.लाई) ।
अन्तिम किस्ता भुक्तानीको लागि टिप्पणी (कार्यालयको तर्फबाट) ।

नोट : डोर हाजिरीको १% पारिश्रमीक कर काटिनेछ । भर्पाइको १% पारिश्रमीक कर काटिनेछ । बिलको १.५% अग्रीम आयकर काटिनेछ । ढुवानिको २.५% कर काटिनेछ ।

खर्च सार्वजनिक गरेको र योजना फरफारक गर्ने भन्ने खुलेको माइनुटको सक्कलै वा प्रतिलिपी पेश गर्नु पर्नेछ।

खर्च सार्वजनिक गर्ने फाराम तल उपलब्ध गराइएको छ ।

खर्च सार्वजनिक फाराम

नमुना फाराम तथा अन्य: