/ खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ रिम्येजुङमा अवस्थित पेमा छोलिङ गुम्बाको विधिवत रूपमा प्राण प्रतिष्ठान ( रम्ने ) गरि समुद्घाटन गरिएको छ । | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ रिम्येजुङमा अवस्थित पेमा छोलिङ गुम्बाको विधिवत रूपमा प्राण प्रतिष्ठान ( रम्ने ) गरि समुद्घाटन गरिएको छ ।

२०७२ सालको भुकम्प बाट पर्ण रूपमा क्षेतीग्रस्त भै पुननिर्माण सम्पन्न गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ रिम्येजुङमा अवस्थित पेमा छोलिङ गुम्बाको विधिवत रूपमा प्राण प्रतिष्ठान ( रम्ने ) गरि समुद्घाटन गरिएको छ । भुकम्प गएको करिब २० महिना भित्रै भौतिक संरचना पुननिर्माण गरिसकेको भए पनि गुम्बाको मुर्ति निर्माण गुम्बा भित्र र बाहिरको रंगरोगन थांका तथा चित्र लेखन जस्ता कार्यमा भने समय लागेको थियो र विधिवत रूपमा प्राण प्रतिष्ठान (रम्ने) गर्नको लागि उत्कृष्ट महिना (सागा दावा) अर्थात २०७५ असाढ महिना नै पर्खिनु पर्ने भएको कारणले पनि समुद्घाटन ढिलो हुन गएको हो । ४ करोड ७० लाख रूपैया लागतमा गुम्बा भित्रको सबै मुर्ती निर्माण कु ज्याङ , सबै थाङ्खा लेखन र रंग रोगन कुथाङ, गुम्बाको मुख्य भवन ल्हाखाङ निर्माण, गुम्बाको आगन देवाङ निर्माण, गुम्बाको डाईनिङ र किचेन थुखाङ र साखाङ निर्माण, गुम्बाको पाहुना घर जिम्खाङ निर्माण, र गुम्बाको चर्पि छ्याखाङ निर्माण कार्य सम्पन्न गरिएको गुम्बाको परम पुज्यनिय ठुल्शीक याङसी रिन्पोचे परम पुज्यनिय जटुल रिन्पोचे परम पुज्यनिय तेङबोचे रिन्पोचे परम पुज्यनिय ठाक्टुल रिन्पोचे परम पुज्यनिय साङसाङ रिन्पोचे परम पुज्यनिय ठुल्शीक याङसी रिन्पोचे परम पुज्यनिय नाप्टुल रिन्पोचे परम पुज्यनिय थामे याङसी रिन्पोचे र थुप्रै धर्म गूरू ज्यूहरूबाट विधिवत रूपमा प्राण प्रतिष्ठान रम्ने सम्पन्न गरिएको गुम्बाको औपचारिक रूपमा खुम्बु पासाङल्हामु गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पा ले समुद्घाटन गर्नु भएको हो । गुम्बा पुननिर्माणो लागि खुम्बु पासाङ ल्हामु गाउ पालिका बाट ५२ लाख काठमाण्डौ को कपन गुम्बा बाट ३३ लाख शेर्पा फाउण्डेशन बाट ३० लाख ५० हजार एभरेष्ट फ्युचर फाउन्डेशन बाट ३० लाख सगरमाथा राष्ट्रीय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिती र गौतमबुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समुह बाट २७ लाख ५० हजार ग्रेटर हिमालयन फाउण्डेशन बाट २० लाख नेपाल पर्यटन बोर्ड बाट १३ लाख पचास हजार गुम्बा ब्यबस्थापन समिती पुल्चोक बाट १० लाख र अन्य ब्यक्तिगत सहयोगहरू बाट २ करोड २४ लाख गरि ४ करोड १७ लाख रकम प्राप्त भै सकेको छ भने ५२ लाख रूपैया रकम अझै नपुग रहेको छ।

आर्थिक वर्ष: