/ खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिका जोड्न बेलिब्रिज निर्माण हुने। | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिका जोड्न बेलिब्रिज निर्माण हुने।

सोलुखुम्बु जिल्लाको खुम्बुपासाङ ल्हमु र माप्य दुधकोशी गाउँपालिका सडग जोढ्ने ओर्लाङघाट स्थित दुधकोशीमा तत्कालका लागि वैकल्पिक पुल बेलिब्रिज निर्माण हुने भएको छ । दुई गाउँपालिका बीचको सडक र पुल निर्माण सम्बन्धिसोमबार काठमाण्डौँ बौद्ध स्थित होटल गाङरीमा पत्रकार सम्मेल गरी जनाकारी दिएको हो ।
गाउँपालिकाका अध्यक्ष सहित वडा अध्यक्षहरुको हस्ताक्षर रहेको सम्झौता पत्र हस्तान्तरण गर्दै स्थानिय सरकारमा विकाशका लागि यो पहिलो र नमुना कार्य रहेको दाबी गरेका छन् । पर्यटकीय सम्भावना रहेको र पर्यटकहरुको आकर्षकको केन्द्र खुम्बु गाउँपालिका जोड्ने पुल निर्माण तत्काल सुरु भई जेठ भित्र सम्पन्न गराई सक्ने योजना रहेको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले बताउनु भयो ।
खुम्बु पासाङ ल्हमु गाउँ पालिकाका अध्यक्ष ङिमा दोर्जी शेर्पाले हवाई यात्राबाट मात्रा हजारौँ पर्यटक भित्री रहेको गाउँपालिकामा यो पुल र सडग निर्माण पश्चात लाखौ कृषक र आन्तारिक पर्यटकलाई सहज हुने विश्वास व्याक्त गर्नुभयो ।
सम्झौता पत्रमा योजनालाई केन्द्र र प्रदेश सरकारमा प्रथामिकतामा रखेर योजनाका लागि प्रस्ताव राख्ने छ भने गाउँपालिकाले गर्नु परे आर्थिक पक्षमा दूई गाउँपालिकाले पचास पचास प्रतिशत गरेर भएपनि सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
माप्य दुधकोशीका गाउँपालिका भित्र उत्पादन भएका बस्तुहरुलाई खुम्बु गाउँपालिकामा निर्यत गरी आर्थिक उपार्जन गर्न सकिने र गाउँपालिका भित्रका सँस्कृतिक पक्षहरुलाई व्यावस्थित गरि माप्य दुधकोशीका गाउँपलिकामा पनि पर्यटकहरु भित्र्याउन सकिने विश्वास गाउँपालिका अध्यक्ष राईले व्यक्त गनुभयो ।
यसबाट लाखौँ पर्यटकहरु लाभाम्बित हुने र नेपाल सरकारको २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनालाई समेत सहयोग पुग्ने देखिन्छ ।

आर्थिक वर्ष: