/ खुम्बु पासाङल्हामू गाउँपालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामू गाउँपालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ । खुम्बु पासाङलाहामू गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा आजै कार्यक्रमको समापन गरिएको थियो । गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको प्रमुख आतिथ्य र the great himalayan trail का team leader बक्षु नारायण श्रेष्ठ को बिशेष आतिथ्य रहेको कार्यक्रममा खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पा खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं ३ का वडाध्यक्ष मिङमा छिरी शेर्पा लगायत गाउ कार्यपालिका सदस्यहरू ल्हाक्पा छिरी शेर्पा आङ छुटीन तामाङ आङ दावा शेर्पा र दागेल्जी शेर्पा र इलाक़ा प्रहरी कार्यलयका ईन्चार्ज यादव खड्का अतिथि रहेको थियो । गत फाल्गुन १७ गते सुरू भएको तालिममा खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं १ देखी ५ को १० महिला र ५२ पुरूष गरी कुल ६२ जना सहभागीहरूको उपस्थिती रहेको थियो । the great himalaya trail, Nepal mountain institute , सगरमाथा राष्ट्रीय निकुञ्ज लगायत संघ संस्थाबाट विभिन्न विधामा तालिम दिइएको थियो ।

आर्थिक वर्ष: