/ योजनाको रनिङ बिल भुक्तानी | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

योजनाको रनिङ बिल भुक्तानी

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क, सोलुखुम्बु
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

/

क्र.स. दोस्रो किस्ता (Running Bill) को लागि आवश्यक कागजात:
सम्बन्धित वडा कार्यालयको सिफारिस ।
दोस्रो किस्ता रकम भुक्तानीको लागि निवेदन (टोल विकास संस्थाको तर्फबाट गा.पा. लाई) ।
प्राविधिक मूल्याङकन प्रतिवेदन ।
डोर हाजिरी, बिल, भर्पाइ (रनिङ बिल अनुसार हुनुपर्ने) सिमेन्ट, रड जस्ता निर्माण सामाग्री र खानेपानी सम्बन्धी निर्माण सामाग्रीहरुको VAT बिल हुनुपर्ने यदि VAT बिल नभएमा बिल बराबरको १३% कर कार्यालयबाट काटिनेछ । रु २०,०००/- माथिका र ढुवानी तथा निर्माण स्थलमा प्राप्त नहुने सेवा तथा सामान बाहेकको भरपाई स्वीकार्य हुने छैन ।
भुक्तानी टिप्पणी (कार्यालयको तर्फबाट) ।

नोट : डोर हाजिरीको १% पारिश्रमीक कर काटिनेछ । भर्पाइको १% पारिश्रमीक कर काटिनेछ । बिलको १.५% अग्रीम आयकर काटिनेछ । ढुवानिको २.५% कर काटिनेछ ।