/ खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ मा झोलुङ्गे पुलको उद्घाटन | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ मा झोलुङ्गे पुलको उद्घाटन

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ मा एकै दिनमा दुई वटा झोलुङ्गे पुलको उद्घाटन भएको छ । गाउ पालिकाको वडा नं ५ हिलाजुङ र मुसुममा निर्माण सम्पन्न गरिएको पुलको वडा नं ५ का वडाध्यक्ष छिरीङ पेन्जो शेर्पाले एकै दिनमा उद्घाटन गर्नु भएको छ । मुसुम पुल निर्माण गर्नको लागी SWAP बाट उनाननब्बे लाख चौरासी हजार नौ सय अठहत्तर खुम्बु पासाङल्हामु गाउ पालिका बाट पाच लाख त्रियानब्बे हजार छ सय छयालिस र स्थानिय समुदायबाट एक लाख सन्तानब्बे हजार आठ सय उनन्सय गरी कुल जम्मा सन्तानब्बे लाख छयात्तर हजार पाच यस त्रिहत्तर रूपैया लागतमा सम्पन्न भएको छ भने हिलाजुङ पुलमा SWAP बाट नब्बे लाख दुई सय एकानब्बे खुम्बु पासाङल्हामु गाउ पालिका बाट सात लाख दुई सय छयानब्बे र स्थानिय समुदायबाट दुई लाख एक हजार दुई सय एकाउन्न गरी कुल जम्मा उनन्सय लाख पाच हजार आठ यस उनन्चालिस रूपैया लागतमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष: