FAQs Complain Problems

 

 

The world highest peak Mt. Everest also its called "highest altitude." The peak of Mount Everest is 8,850 meters (29,035 feet) above sea level.

Read More

Tengboche Monastery, also known as Dawa Choling Gompa is in the Tengboche village of Khumbu Region.Situated at 3,867 metres, the monastery is the largest gompa in the Khumbu region of Nepal.

Read More

खुम्बु पासाङल्हामु गाउँपालिकाको सम्क्षिप्त परिचय

सोलुखुम्बु जिल्ला आफैमा सोलु र खुम्बु दुई शब्द मिलेर बनेको छ । जिल्लाको तल्लो भेगलाई सोलु भनिने र माथिल्लो भेगलाई खुम्बु भनिने हुँदा दुबै क्षेत्रलाई समेट्ने गरि नामाकरण गारिएको हो । खुम्बु  क्षेत्रमा विश्वको सर्वोच्च शिखर नेपाल कै गौरव सगरमाथा (Mt. Everest) जसको  उचाई  ८८४८  मि. रहेको छ । यसलाई विश्वको  तेस्रो धुव्र ( The third pole )  र संसारकै छानो ( Top of the world  ) को रुपमा पनि  चिनिन्छ । सगरमाथा वरपर र यस हिमालय रेन्जमा  ल्होत्से,  नुप्से ,  चोयु,  आमादब्लम,  पुमोरी,   थामसेर्कु आदि अनेकौ चुचुराहरु रहेका छन् । विश्वकै चर्चित खुम्बु आइसफल पनि यही रहेको छ । यी नै चुचुरा सहितको हिमाली मनोरम दृश्य अवलोकन गर्न विश्वभरिका पर्यटकहरु खुम्बु क्षेत्र ट्रेकिंगको रुपमा भ्रमण गर्दछन् । खरिखोला, लुक्ला, फाक्दिंग, मंजु, नाम्चे ,खुम्जुंङ, खुन्दे ,तेङबोचे, फोर्चे, पाङबोचे, फिरिचे, दिङबोचे, थामे, गोक्यो, लबुचे, गोरकछेप आदि यस क्षेत्रका मुख्यत  बसोबास स्थलहरु हुन् । लुक्ला संसारकै उच्च स्थलमा रहेका चालु विमानस्थल मध्ये एक र नाम्चे सगरमाथाको प्रवेशद्वारको रुपमा पनि चिनिन्छ । अधिकांश शेर्पा जातिका बसोबास रहेको यस क्षेत्रमा शेर्पा संग सम्बन्धित भाषा, संस्कृत वौद्धर्मावलम्बीहरुको पहिचान बोकेर रहेको छ । तेङबोचे गुम्बा, पाङबोचे गुम्बा, रिमिजुङ गुम्बा, खरिखोला गुम्बा लगायत महत्वपुर्ण गुम्बाहरु आस्थाको धरहराको रुपमा रहेका छन्। पर्यटकहरुको गन्तब्य यिनै हिमालयहरुको सेरोफेरोमा रहेर हिमाल आरोहण र ट्रेकिंग गर्ने  गर्दछन् । कालापथर सहित  सगरमाथा आधार शिबिर अधिकांशको गन्तब्य स्थल बन्दछ ।                         

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमनी रहर धेरैले बोके पनि सन् 1953May29 का दिन तेन्जिंग नोर्गे शेर्पा र एडमण्ड हिलारीले प्रथम पटक सफल आरोहण गरेपछि सगरमाथा र यससंग सम्बन्धित अन्य चुचुराहरुमा पनि एकपछि अर्को किर्तिमान आरोहणहरु हुन थाले।

जन प्रतिनिधि