/ वडा नं १ को परिचय | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

वडा नं १ को परिचय

खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं १ मा यस गाउँपालिकाको दक्षिण तर्फका  छेउबास, पैयाँ, बुक्सा, कान्रे, खार्ते, गुम्बा डाँडा, जौबारी, सिकाली, जुभिङ, खरिखोला , भालुखोप, पाङगोम आदि गाउँहरु पर्दछन् । यस वडाको पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, दक्षिण पश्चिममा दुधकोशी गाउँपालिका, दक्षिणपूर्वमा सोताङ गाउँपालिका , पूर्वमा महाकुलुङ गाउँपालिका र उत्तर तर्फ खुमुबु पासाङल्हामु गाउँपालिकाको वडा नं २ रहेको छ । यस वडा को वडा कार्यालय खरिखोला बजार मा रहेको छ । यस वडाको कुल भूभागको ०.०२ % जमिन कृषियोग्य, ३.७१% Barren Area, १.०० %  घरघडेरी भएको, ५८.१६१ % जमिन जंगलले ओगटेको छ । त्यसै गरि २९.९६ % जमिन घाँसे चौर , ७.१४५ स्रब लैण्ड र ०.००४% क्षेत्रफलमा पानीको भूभाग पर्दछन् ।

Fig: image of kharikhola.

शेर्पा, राई, तामाङ, मगर आदि जात जातिको बाहुल्यता रहेको यस वडाको प्रमुख व्यवसाय पर्यटन सँग सम्बन्धित व्यवसायहरु रहेको छ ।