/ खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ मा सुद्ध तथा पिउनयोग्य खानेपानी योजनाको उद्घाटन सम्पन्न भएको छ । | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ मा सुद्ध तथा पिउनयोग्य खानेपानी योजनाको उद्घाटन सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाट, तेका, ल्होवा, छुठावा र ठाडोकोशी (साविक चौरिखर्क गा बि स वडा नं ६) मा सुद्ध तथा पिउनयोग्य खानेपानी योजनाको उद्घाटन सम्पन्न भएको छ ।
कादुरी एग्रिकल्चरल एड एसोसिएशन KAA को रू ९४ लाख ७६ हजार, खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ को रू. २५ लाख र स्थानिय जनश्रमदान रू १० लाख गरि कुल जम्मा एक करोड उनन्तीस लाख ७६ हजारमा सम्पन्न योजना KAA का सर माइकल कादुरी Sir Micheal David Kadoorie र लेड्यी बेट्टी कादुरी Lady Batty Kadoorie ले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो ।
पेमा छोलिङ गुम्बा रिम्येजुङ बाट विधिवत पुजा सेर्किम र संघि नृत्य, आर्यातारा महिला समुह घाट बाट ग्याकारा पेन्जे र खादा अर्पण र सगरमाथा महिला समुह टोक टोक बाट शेर्पा नृत्य ( स्याब्रु) प्रस्तुतिले अतिथीहरूको भब्य स्वागत गरि सम्पन्न कार्यक्रममा खुम्बु पासाङल्हामु गाउ पालिका प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ सदस्य द्वय दालमु शेर्पा र उमा विश्वकर्मा, 
खानेपानी निर्माण समिती अध्यक्ष नुर्वु ठिले शेर्पा , छोमोलोङमा मध्यवर्ती क्षेत्र उपभोक्ता समुह अध्यक्ष आङ नुरू शेर्पा र स्थानियहरूको उपस्थिती रहेको थियो।
उक्त आयोजनाको सम्पन्न भए सँगै KAA ले पुन खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाटमा रहेको पेमाछोलिङ आधारभूत विध्यालयको तीन कोठे सौचालय निर्माण गर्न ११ लाख रूपैया सहयोग प्रदान गरिने भएको छ ।

आर्थिक वर्ष: