खुम्बु पासाङल्हामु गाउपालिकाको आर्थिक र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक साहायतामा खुम्बु पासाङल्हामु गाउपालिका मा दोस्रो पटक ट्रेकिङ गाईड तालिम सूरू भएको छ ।
खुम्बु पासाङल्हामु गाउ पालिकाको आर्थिक र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक साहायतामा खुम्बु पासाङल्हामु गाउ पालिका मा दोस्रो पटक ट्रेकिङ गाईड तालिम सूरू भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामु शेर्पाले आज कार्यक्रमको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्क्रममा गाउ पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, वडा नं दुईको वडाध्यक्ष आङ फुर्वा शेर्पा, कार्यपालिका सदस्य आङ छुटिन तामाङ, वडा नं दुई का वडा सदस्यहरू नारायण राई र दाछिरी शेर्पा, इलाक़ा प्रहरी कार्यलयका असई रमेश बस्नेत महेन्द्र ज्योति मा. वि. का निमित्त प्र.अ. कुमार सिं राई र स्थानियहरूको उपस्थिती रहेको थियो । प्रत्येक वडाबाट आठ जनाको दरले पाँच वटा वडाबाट चालिस जना सहभागि लिने गरी सूचना जारि गरिएकोमा सबै वडाबाट सहभागी संख्या बड्न गएकोले एकै पटक दुई वटा कक्षाहरू संचालन गर्ने गरि योग्यता पुगेको सबै आवेदकहरूलाई सहभागि गरिएको छ । तालिममा कुल ९० जना प्रशिक्षार्थीहरूको सहभागि रहेको छ ।तालिमको अवधि १५ दिनको रहनेछ ।